सुनको मूल्यमा नयाँ कीर्तिमान

बालबालिकालाई आज पनि जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभरका बालबालिकालाई आज पनि जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको थियो ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । 

 

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहिबार  ७ : २० बजे