सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति 

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । 

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रो पटक म्याद थप गरेको हो ।  

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । 

 

 

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  १२ : ३० बजे