सुनको मूल्यमा नयाँ कीर्तिमान

शारीरिक सुगठनमा विवेक र डेभिडलाई स्वर्ण

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । 

पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाइँले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदक जित्न सफल भए । स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका पाँच जनाबाट विजेता छनौट गरिएको थियो ।

प्रि–जजबाट गण्डकीका विवेक हमाल, वागमतीका दीनेश गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लवका रमेश फोम्बो छनोट भएका थिए । 

पच्पन्न किलो तौल समूहमा उनीहरुसँगै प्रदेश–१ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदूरपश्चिम प्रदेशका सुनिल राईले प्रतिस्पर्धा गरेका थिए ।

 त्यसपछि भएको ६० किलोग्राम तौल समूहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जितेका छन् । शारीरिक सुगठनमा महिला र पुरुष को सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  ४ : १७ बजे