यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ ।उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।

यहाँ हिंसा र ध्वंसले उग्र रुप लिइसकेको र यहाँ धनजनको ठूलो क्षति पनि भइरहेकोले अब हत्या हिंसा रोकेर यहाँका नागरिकका बीचमा शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने महासचिव गुटरेसले बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा सम्वाददाताहरुसँग उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– इथियोपियामा हिंसा बढी भयो । यहाँ हिंसा तथा विध्वंस गरेर कसैले पनि केही प्राप्त गर्न सक्दैनन् र यो बाटोबाट कसैको समस्या पनि समाधान हुदैन । अब हिंसा रोक्नुपर्छ र शान्तिपूर्ण माध्यमबाट अघि बढ्नुपर्छ ।

संयुक्त राष्ट्रसङ्घले शान्तिपूर्ण माध्यमबाट इथियोपियाको समस्याको समाधान खोजेको पनि महासचिव गुटरेसले बताउनुभएको थियो । उहाँले टिगरेको निकास सैनिक बलबाट नभएको र यसको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा संयुक्त राष्ट्रसंघ रहेको पनि बताउनुभयो ।

उहाँले इथियोपियाको हिंसा रोकेर त्यहाँको समस्याको शान्तिपूर्ण समाधानका लागि अफ्रिकी युनियनलाई आग्रह पनि गर्नुभयो ।

उहाँले सम्वाददाताहरुसँगको कुराकानीका क्रममा भन्नुभयो– संयुक्त राष्ट्रसङ्घले अफ्रिकी युनियनलाई जे जस्तो आवश्यक पर्छ त्यो सहयोग गर्न तयार छ, यो समस्याको शान्तिपूर्ण तरिकाबाट वार्ता गरेर समाधान खोजोस् ।

त्यहाँ हिंसाका कारण कैयौँ मानिसको ज्यान गएको छ भने भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ । इथियोपियाको टिगरे क्षेत्रमा जारी रहेको हिंसाकाकारण अहिले पनि कम्तीमा १३ मिलियन नागरिकलाई मानवीय सहयताको खाँचो रहेको छ । 
 

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलबार  १२ : १० बजे