सुनको मूल्यमा नयाँ कीर्तिमान

नवौं खेलकुतअन्तर्गत महिला बास्केटल भोलि बिहान तनहुँमा हुँदै

तनहुँ । नवौं राष्ट्रिय खेलकुदअन्र्तगत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगिताको सेमिफाइनल खेल मंगलबार हुने भएको छ । लिग चरणमा खेलाइएको प्रतियोगितामा फुलकोर्ट र थ्री बाइ थ्रीबाट ४–४ समुह छनोट भएका छन् ।

फुलर्काेटतर्फ महिला बाँस्केटबलको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

यसैगरी, थ्री बाइ थ्रीको पहिलो सेमिफाइनल खेल भोलि बिहान ८ः३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल पनि भोलि बिहान ९ बजे एपिएफ र बाग्मती प्रदेशबीच हुनेछ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ४ : ०५ बजे