मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

माओवादी केन्द्रमा धक्कै धक्का : बाँकेका नेता कार्यकर्ताको सामुहिक राजीनामा

काठमाडौँ । उम्मेदवार छनोटको विषयमा माओवादीमा ठाउँ ठाउँमा पहिरो जाने क्रम अझै रोकिएको छैन । यसै क्रममा बाँकेका क्षेत्र नम्बर ३ (१)मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् ।

नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको सिफारिसलाई वास्ता नगरी पार्टीको पद्धतिभन्दा बाहिर गएर उम्मेदवार छनोट गरेको आरोप स्थानीय नेता तथा कार्यकर्ताले लगाएका छन् ।

निर्वाचनमा उम्मेदवार छनोटको लागि प्रदेश कमिटीले गरेको सिफारिस र उम्मेदवार छनोट कार्यविधि विपरीत पार्टीको माथिल्लो कमिटीबाट जबरजस्त रूपमा मनोनयन गरेपछि स्थानीय तहका नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।
माओवादीको खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र बाँके क्षेत्र नम्बर ३ (१) समन्वय समिति अध्यक्ष र सचिवले सहितका नेताले सामूहिक राजीनामा दिएको विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

गठबन्धन भएको बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको लागि नेपाली काँग्रेसका सह–महामन्त्री किशोर सिंह राठौर उम्मेदवार छन् । प्रदेश सभा सदस्यको लागि क्षेत्र नम्बर ३ (१) बाट माओवादी केन्द्र इन्द्रबहादुर खरेल र (२)बाट नेपाली काँग्रेसका बादशाह कुर्मी उम्मेदवार छन् ।
पार्टीको केन्द्रले उम्मेदवार छनोट गर्दा स्थानीय तहको भावना विपरीत गरेको भन्दै असन्तुष्टि जनाउनेमा माओवादी क्षेत्रीय समन्वय समिति बाँके क्षेत्र नम्बर ३ (१) संयोजक दीपेन्द्र बहादुर शाह, सचिव महेन्द्र बहादुर शाहीलगायत रहेका छन् ।

उनीहरूले दिएको राजीनामालाई समर्थन जनाउँदै माओवादी बैजनाथ गाउँपालिका समिति अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले ऐक्यबद्धता जनाएका छन् ।

माओवादी केन्द्र बाँके जिल्ला संयोजक डम्बर विक तुफानले स्थानीय तहका नेताहरूले उम्मेदवार छनोटको विषयलाई लिएर केही असन्तुष्टि जनाएको विषयलाई समाधान गर्ने प्रयास गरिरहेको बताए ।
बाँके क्षेत्र नम्बर ३ (१)का उम्मेदवार खरेलले चुनावका बेला यस्ता घटना र असन्तुष्टिलाई सम्बोधन गर्दै अगाडि बढ्ने तयारी भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ५६ बजे