काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बस दुर्घटना, २३ जना घाइते

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

गम्भीर घाइते भएका  बसका चालक दीपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचीनगर नगरपालिका ७ का २१ वर्षीय प्रदीप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ । 

अन्य घाइतेहरूको गढीमाई अस्पतालमा उपचार भइरहेको छ ।  

काँकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो । 

दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात् घर फर्किसकेका छन् । चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ११ : ०७ बजे