पूर्वी युरोप र मध्ये एसियाका ४० लाख बालबालिका गरिबीमा : युनिसेफ

न्युयोर्क । युक्रेनमा रुसी हमलापछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वी युरोप र मध्य एसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएका राष्ट्रसङ्घीय बालकोष युनिसेफले जनाएको छ ।

युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सङ्कटको सबैभन्दा ठुलो बोझ बालबालिकाले बहन गरिरहेका छन् ।

द्वन्द्व र बढ्दो मुद्रास्फीतिले पूर्वी युरोप र मध्य एसियाका थप ४० लाख बालबालिकालाई गरिबीतर्फ धकेलिएका छन्, यो सन् २०२१ यता १९ प्रतिशतले वृद्धि हो । 

निष्कर्षमा पुग्न युनिसेफले २२ देशका तथ्याङ्कहरूको अध्ययन गरेको थियो । फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनी र रुसी बालबालिका सबैभन्दा बढी प्रभावित छन् । 

पश्चिमी प्रतिबन्धबाट रुसी अर्थतन्त्रमा परेको झट्काले यसको ठुलो जनसङ्ख्यासँगै बाहिरी प्रभाव उत्पादन गर्न सक्छ । “युक्रेन गरिबीमा बाँचिरहेका ५ लाख अतिरिक्त  बालबालिकाको घर हो”, युनिसेफले भन्यो । 

त्यस्तै युक्रेनपछि रोमानियामा १ लाख १० हजारभन्दा बढी बालबालिका गरिबीको चपेटामा परेको युनिसेफले जनाएको छ । युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने,“यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन् ।” एजेन्सी

 

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १० : ०१ बजे