काठमाडौँ । समानुपातिक बन्द सूचीमा रहेका ४ सय ३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले कात्तिक ५ गते सम्मको समय दिएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेस गरेको बन्द सूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।
जरिवाना नबुझाए उम्मेदवारको नाम बन्द सूचीबाट हट्ने आयोगले जनाएको छ ।
प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ७ : १९ बजे
प्रतिक्रिया