सुनको मूल्यमा नयाँ कीर्तिमान

बुद्धिचाल प्रतियोगिताको खुलातर्फ आशिषको एकल अग्रता

गोरखा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा खुलातर्फको क्लासिकल इभेन्टमा आशिष फुयाँलले एकल अग्रता कायम गर्नुभएको छ । प्रतियोगिताअन्तर्गत क्लासिकल इभेन्ट पाँचाँै चरणको खेल सम्पन्न हुँदा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का खेलाडी फुयाँलले अग्रता कायम गर्नुभएको हो ।

क्लासिकलतर्फको अहिलेसम्मको पाँच खेलमध्ये फुयाँलले चार खेलमा जीत हात पार्नुभएको छ भने एक खेलमा मात्र पराजय व्यहोर्नु भएको निर्णायक दिपेश गिरीले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत पाँचौँ चरणको क्लासिकल इभेन्टमा फुयाँलले नेपाल पुलिस क्लबका क्षितिज भण्डारीसँग ‘ड्र’ खेल्दै अग्रता कायम गर्न सफल हुनुभएको हो ।

 फुयाँलले क्लासिक इभेन्टको पहिलो चरणमा लुम्बिनी प्रदेशका निशान्त श्रेष्ठ, दोस्रो चरणमा नेपाल पुलिस क्लबका सुवीर लामा, तेस्रो चरणमा त्रिभुवन आर्मी क्बलका  मिलन लामा र चौथो चरणमा त्रिभुवन आर्मी क्लबकै रुपेश जैसवाललाई पराजित गर्नुभएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारी र त्रिभुवन आर्मी क्बलका रुपेश जैसवालले चार÷चार खेल जितेर फुयाँललाई पछ्याइ रहनुभएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ३६ बजे