यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई

बेइजिङ । इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिनुभएको छ । शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित हुनुभएको छ । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिनुभएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका विचको सम्बन्धलाई थप अगाडि बढाइने बताउनुभएको छ ।

राष्ट्रपति चिनिफिङले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताउनुभएको छ ।   उहाँले इराकी राष्ट्रपति र यहाँका जनतालाई पठाउनुभएको सो सन्देशमा आगामी दिनमा चीन र इराकबीच मिलेर काम गर्ने र दुई देशको आपसी हितका क्षेत्रमा समझदारीका लागि सहकार्यका साथ अघि बढ्न पर्नेमा पनि सो सन्देशमा जोड दिनुभएको छ । 
 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : ५८ बजे