सुनको मूल्यमा नयाँ कीर्तिमान

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगी सङ्क्रमण पुष्टि

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगी सङ्क्रमण पुष्टि भएको छ । 

गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालाई डेंगी सङ्क्रमण देखिएको हो ।

शुक्रवार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगी पुष्टि भएको टिम कोच राजन नेपालीले जानकारी दिनुभयो । 

उहाँका अनुसार डेंगी पोजेटिभ देखिएपछि अरू खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छिन् ।

यस अगाडीको खेलमा उनी सम्मिलित टिम गण्डकी प्रदेशले झापा र लुम्बिनीलाई हराउँदै दुई खेल जितेको छ । सङ्क्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छिन् ।

 

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : २० बजे