मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

एमाले अध्यक्ष ओलीद्वारा सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्विटरमा आज एक ट्विट गर्नुहुँदै जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष ओलीले ‘अलबिदा शताब्दी पुरुष’ श्रद्धा सुमन भन्दै शोकाकुल परिवार जनामा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । 

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ०४ बजे