नेपाली परिवेस र  अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस

आज अक्टोवर १५ अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस हो । यो दिवस लाखौ ग्रामिण तथा दुर्गम स्थानमा रहेर ग्रामिण विकास तथा कृषि विकासमा योगदान पु¥याएका साहसी  र परिश्रमी महिलाहरुमा सर्र्मिर्पत भएर  सर्वप्रथम २००८ को  १५ अक्टोवरमा मनाइएको थियो । यो नयाँ दिवसलाई संयुक्त  राष्ट्र संघको साधारण सभाले यसको प्रस्ताव  ६२/१३६ लाई अगाडि बढाउन २००७ को दिसेम्बर १८ का दिन ग्रामिण महिलाहरु खासगरि जनजाति महिलाहरुले कृषि, खाद्य सुरक्षा, ग्रामिण विकास तथा   गरिवी निवारणमा खेलेका महत्वपूर्ण भूमिका तथा योगदानलाई मान्यता तथा कदर गर्ने अभिप्राय यस दिवसको रहेको देखिन्छ । आफ्ना सदस्य राष्ट्रहरु, संयुक्त  राष्ट्रसँघका सँस्थाहरु तथा नागरिक समाजलाई ग्रामिण महिलाहरुको जीवन सुधारका लागि  अपनाउन पर्ने उपायहरु पहिल्याउन सवैको साझा पहलको लागि आवहान गरेको थियो । आफ्ना सदस्य राष्ट्रहरुका सरकारहरु तथा समाजले महिलाहरुलाई राजनैतिक,समाजिक तथा र्आिर्थक समानताका लागि र निर्णय गर्ने सबै तहमा सहभागि बनाई शसक्तिकरणको  अभियानमा उनीहरुलाई सहयोग गर्नुपर्ने जनाएको छ । ग्रामिण महिलाहरुलाई वित्तिय तथा लघु वित्तिय कार्यक्रम, नीति नियमहरुको निर्माणका साथै महिला पुरुष  बीचको विभेद अन्त्य गर्दै  समानताको लागि एउटा आधारको निर्माण गर्दछ । यस प्रकार जमीन र अन्य सम्पतिमा समान अधिकारको लागि नियम कानूनहरुको तर्जुमा र परिमार्जन गर्नु पर्दछ । यी उल्लेखित प्रतिबद्धताहरुलाई संयुक्त  राष्ट्रसँघका विभित्र सँस्थाहरुले निरिक्षण र अवलोकन गरिरहेका हुन्छन् । साथै विश्वबैङ्क र अन्य सँस्थाहरुले उदेश्यहरु प्राप्तीका लागि सहयोग  पु¥याउने काम गरिरहेका छन् । विभित्र नाराका साथ मनाइने यो दिवसको यसवर्षको नारा “ग्रामिण महिलाहरु हामी सबैलाई चाहिने राम्रो खाद्यात्र उत्पादन गरिरहेका छन्” रहेको छ । नेपालमा पनि यो दिवस विभित्र कार्यक्रम गरि  मनाउने चलन रहेको देखिन्छ । 

वास्तवमा  ग्रामिण महिलाहरु जो उत्पादनमा सम्लग्न रहेका छन्, उनीहरु नै समाज विकासका प्रमुख सम्वाहक हुन् । उनीहरुले  नै  दिगो विकासको लागि  चाहिने वातावरणीय,आर्थिक तथा सामाजिक परिवर्तन  ल्याउन  उत्प्रेरकको भूमिका खेलेका हुन्छन्  तथापि शिक्षा,स्वास्थ्य,वित्त जस्ता क्षेत्रहरुमा  पहुँच नहुनु उनीहरुले सामना गर्नु परेको एउटा गम्भिर चुनैति रहेको छ । ग्रामिण महिलाहरुको  जीविकोपार्जनमा सुधार ल्याउन महत्वपूर्ण भूमिका हुनका साथै कृषिकार्यमा तल्लिन भएर खाद्य सूरक्षा तथा पोषणमा योगदान पु¥याएका महिलाहरुको उद्यमशिलताको माध्यमबाट पनि राष्ट्रिय अर्थतन्त्र उकास्ने कार्यमा महत्वपूर्ण भूमिका हुने गर्दछ । कृषि कार्यमा महिलाहरुको सामिप्यता धेरै हुनाले समाज परिवर्तन तथा विकासका धेरै आयामहरुमा मुख्य भूमिकामा रहेका भएता पनि ग्रामिण महिलाहरुले विभित्र किसिमका लैङ्गिक हिँसा व्यहोर्न पर्ने बाध्यतामा पनि रहेका हुन्छन् । यिनीहरुमा यौनजन्य हिँसा र अन्य किसिमका दुरुत्साहनका कुराहरु आँउछन् । दुरदराजमा एक्लिएर उत्पादनको काम गर्दाको अवस्थामा र लैङ्गिक भेदभावले विश्वका धेरै महिलाहरु एकदमै जोखिमको अवस्थामा छन् त्यसमा नेपाल पनि  अछुतो छैन ।  

२०७२ सालमा जारी भएको नेपालको संबिधानले समानुपातिक, समावेसी र सहभागिता मूलक सिद्धान्त  अनरुुप विभेदरहित,सबृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने आधार तयार गरेको छ । समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा भेदभाव गरिने छैन, महिलालाई लैङ्गिक भेदभाव बिना समान वंशीय हक हुनेछ   र पैतृक सम्पतिमा सवै सन्तानको  समान हक हुने व्यवस्था गरेको छ । संविधानको धारा ३८ मा महिलाको हक अन्तरगत महिला विरुद्ध धार्मिक,सामाजिक,साँस्कृतिक परम्परा,प्रचलन वा अन्य कुनै आधारमा शारीरिक,मानसिक,यौनजन्य र मनोवैज्ञानिक किसिमको हिँसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पिडितलाई कानून बमोजिम क्षतिर्पूिर्त पाउने हक हुनेछ भत्रे सम्मको व्यवस्था गरेको छ । यद्यपि नेपालको ग्रामिण समाज भने अनेकौ प्रकारका अन्धबिश्वास,कुुरिती, र कुसँस्कारको जालोमा जेलिएको छ । त्यसप्रकारका अन्धबिश्वास,कुरिती, र कुसँस्कारको जालोबाट सबैभन्दा धेरै महिलाहरु नैे प्रभावित र प्रताडित छन् ।  महिला भएकै कारण उनीहरुले बेर्होनु पर्ने विभेदपूर्ण व्यबहार, थिचोमिचा,े  अवहेलना दुरुत्साहन, मानसिक हिँसा, शारिरिक हिँसा, बेचबिखन, वलात्कार  र हत्या मात्र होइन बोक्सीको आरोपमा सामजिक बेइच्जती सम्मका क्रियाकलापहरु महिला हिंसाका बिषय हुन । नेपाली समाजमा सामाजिक लिङ्गभेद  र महिला हिँसा जघन्य सामाजिक अपराध र राष्ट्रिय चुनौतीको रुपमा बिकशीत भईरहेकोछ, यो दुःखद अवस्था हो । यसरी  जीवनकाल भरी उपेक्षित भएर अरुको अधिनमा बस्नु र बाँच्नु  पर्दा महिलाको इच्छा,आकांक्षा,सीप,जाँगर  भावना र क्षमताहरु दब्न जान्छन र उनीहरुमा अन्तरनिहित ज्ञान, सीप,क्षमता प्रस्फुट हुने अवसर नपाएर कुन्ठित हुन पुग्दछन् ।  यस्ता बिभेद र हिँसाजन्य गतिबिधिहरुले गर्दा महिलाहरुमा परनिर्भरताको अवस्था श्रृजना गरेको छ । समाज र राष्ट्र बिकाशको  गतिमा अवरोध खडा भएको छ । यद्यपी केहि वर्ष अगाडि सम्म नेपालमा ग्रामिण क्षेत्रका धेरै महिलाहरु कृषि उत्पादन कार्यमा ठूलो योगदान र महत्वपूर्ण भूमिकामा थिए । कृषि प्रधान देश नेपालका ग्रामिण महिलाहरु जसले घरका सम्पूर्ण कृषि उत्पादनका जिम्मा स साना नानीहरुलाई ढाडमा बोकेर सकि नसकि कतै बाँझो रहन दिएका थिएनन् जवकी उनीहरु धेरैका श्रीमानहरु परदेशमा रोजगारीमा हुन्थे । आफ्नो समयमा उनीहरुको वलबुताले भ्याए सम्म अर्माप्रमा गरेर भए पनि आफ्ना जमीनमा विभित्र मौसम अनुसारका कृषि उपजले घर आगन भरिभराउ हुन्थे । बीउपल छुट्टाएर बर्षदिनको लागि अत्रपातको जोहो आफैले गर्दथे । नुन र मट्टितेल बाहेक चिनीको लागि समेत आफ्नै बारीको उखुबाट गुँड,भेली बनाउने चलन थियो । हरेक कुरामा हाम्रो देश आत्मनिर्भर थियो, कपडाको लागि पनि अल्लोको खेती गरिन्थ्यो ।अल्लोका कपडा हाम्रा आमा दिदीबहिनीहरुले बुत्रु हुन्थ्यो । दुग्ध उत्पादन देखि फलफूल,नगदेवाली तथा तेलहन, दलहनमा  र औषधिजन्य जरीबुटी समेतमा आत्मनिर्भर रहेको अवस्था थियो । सबै प्रकृया जैविक, उत्पादनमा विविधता, प्राकृतिक श्रोतमा आधारित उत्पादन प्रकृया, एैचोपैचोमा आधारित समुदाय, दुःख पिडामा पनि सबैको साथ पाइने आफ्नै धर्म, सँस्कार,भेषभुषा, मौलिक कला र सँस्कृतिमा रमेको हाम्रो समाज थियो । यस्तै योगदानको कदर गर्दै संयुक्त  राष्ट्रसँघले अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस मनाउने निर्णय गरेको हुन पर्दछ । 

विविधतामा पनि एकतामा रमेको नेपाली समुदायलाई विगत केहि दशक यता विभित्र बहानामा  खण्डिकृत गरि पश्चिमा संस्कृति तिर मोडिदैछ । बिदेशी पहिरन, खाना , बिद्युतिय सामाग्रीहरुको उपयोग,सामाजिक सन्जालका साथमा बिदेशको कमाइमा रमेको नेपाली समाजलाई हेर्दा  यसको प्रभाव सबैभन्दा धेरै  महिलाहरु माथि परेको देखिन्छ । नौजवान महिलाहरु कृषि कार्यलाई उपेक्षा गर्दै शहर बजारमा बस्ने, तैयारी खाना खाने, काम प्राय नगर्ने बरु सामाजिक सन्जालमा रमाउने चलन बढेकाले नेपालमा ग्रामिण महिलाहरु जसरी  कृषि उत्पादनका साथै आर्थिक उत्रतिमा सरिक थिए अव त्यस्तो अवस्था पाउन राज्यले ठूलो परिवर्तन गर्न पर्ने देखिन्छ । युवापंक्ति  फुर्सदमा रहनु भनेको राष्ट्र र नागरिक दुवैको लागि शुभ संकेत मानिदैन । उर्जावान समूह  उत्पादन विमुख  हुनु भनेको विसंगति र बिकृति तर्फ  धकेलिनु हो साथै परनिर्भरताको सूचक पनि मात्र सकिन्छ । हालको अवस्थालाई हेर्ने हो भने युवा अवस्थाको उर्जावान पूरुष तथा महिला समेत बैदेशिक रोजगारीका लागि गाँउबाट बाहिरिएको र देशभित्रै रहेका महिलाहरु पनि कृषि उत्पादनको भूमिकाबाट टाढिदै गएको देखिन्छ । ग्रामिण क्षेत्रका उत्पादनशिल जमीनहरु बाँझोमा परिणत हँुदैछन् ।  कृषकहरु जंगली जनावरको चपेटामा पर्नु, सिंचाईको  सुविधा नहुन,  आकासे पानीको भर पर्नपर्ने,मल बीउ समयमा नपाउनु, लगानि धेरै उत्पादन कम हुनका साथै  उत्पादित वस्तुहरुले बजार नपाउनका  कारण कृषिपेशा पुस्तान्तरणको काम प्राय ठप्पहुने अवस्थामा पुगेको छ ।

छिमेकी राष्ट्रबाट कृषि उपजहरु सहजै र तुलनात्मक रुपमा सस्तोमा उपलब्ध हुनेहुँदा नेपालमा कृषि पेशा जरजर अवस्थामा पुगेको हुनुपर्दछ । गाँउघरमा धेरै उद्यमशिलताको श्रृजना गर्न सकिने प्राकृतिक श्रोत र साधनहरु छन जसको परिचालन  गर्न सकेमा रोजगारीको श्रृजना गरि पुरुष तथा महिला सबैले आत्मनिर्भर भई जीविकोपार्जन मुखी कृषिमा मात्र सिमित नभएर व्यवसायिक कृषि तिर आकर्षित गर्न सकेमा  गाँउ छाडेर बाहिर जान नसकेको समूहलाई  राहत पुग्नका साथै उर्वर जमीनमा हरियाली ल्याउन सकिन्छ अन्यथा हामी शहर बजार बासीहरु पनि छिमेकी राष्ट्रको विषादियुक्त खाद्यात्रमा निर्भर हुनपर्ने छ । 
महिलाहरु श्रृजनाका श्रोत, ममता र  सहनशिलताका खानी, उत्पे्रृरणाका श्रोत तथा  समाज परिवर्तनका सम्वाहक हुन् । यिनीहरुको अस्तित्व बिना मानव समाजको परिकल्पना समेत गर्न सकिँदैन ।   समाजमा व्याप्त सामाजिक लिङ्गभेद र अन्धबिश्वास,कुरिती,महिला हिंसाको अन्त्य गर्न चेतनामा परिवर्तन गर्न जरुरी हुन्छ जुन शिक्षा, स्वास्थ्य र आर्थिक सम्पत्रताबाट मात्र सम्भव छ । शिक्षा मानव विकाशको मेरुदण्ड हो, शिक्षाले आधारभूत मानव अधिकारको प्रत्याभूति गर्दछ, व्यक्तिको संँोचाईमा,समाजलाई हेर्ने दृष्टिकोणमा,आचरणमा र व्यवहारमा परिवर्तन गराउँदछ ।वास्तवमा शिक्षाले विज्ञानमा विस्वास गराउँँदछ र अन्धबिश्वासलाई कम गराई त्यसप्रकारका कुरिती, र कुसँस्कारको जालोबाट समाजलाई मुक्त बनाउन सक्दछ । यसले कार्यकुशलता, क्षमता,सीप र ज्ञानको बृद्वि गरि योग्य र असल नागरिकको निर्माण गर्दछ, फलस्वरुप  आर्दश,कर्तव्यनिष्ठ,स्वच्छ र निश्कलंड्ढ  नागरिकको उत्पादन हुन सक्दछ । उत्पादनमुखी समाजले मात्र आर्थिक उत्रति र प्रगति गरि समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । महिला शिक्षित र परिश्रमी भएमा परिवार नै स्वस्थ र सम्बृद्ध बत्र पुग्दछ जसबाट समाज र राष्ट्र नै बिकाशको पथमा लम्कन सक्दछ ।

यस्तो समाजले मात्र सामाजिक,राजनीतिक,साँस्कृतिक आर्थिक लगाएतका बहुआयामिक विकाशका लागि पूर्वाधारहरु निर्माण गर्दछ र विभेद रहित,हिँसामुक्त समाजको निर्माणको ढोका खोल्दछ । ग्रामिण महिलाका विविध पक्षको उत्थानमा ध्यान दिन सकेमा परिवार, समाज तथा राष्टको प्रगतिशील रुपान्तरण सम्भव छ । यसैको लागि यस प्रकारका दिवसहरु वर्षै पिच्छे विभित्र नाराका साथ मनाउने गरिन्छ ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ३ : ०३ बजे