मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एमालेका १४१ जना उम्मेदवार

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरूको उम्मेदवारी दर्तासँगै नेकपा (एमाले) सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको छ । 

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचन पछिको प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । अध्यक्ष ओली झापा निर्वाचन क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 

पार्टीका अधिकांश पदाधिकारी निर्वाचनको मैदानमा प्रतिस्पर्धामा हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ क्षेत्र नं.५, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही क्षेत्र नं. २, सुवास नेम्वाङ इलाम क्षेत्र नं(२ र सुरेन्द्र पाण्डे चितवन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार हुनुहुन्छ ।

महासचिव शङ्कर पोखरेल दाङ निर्वाचन क्षेत्र नं.२ बाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने दुई उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नं. १ र पृथ्वी सुब्बा गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । 

पार्टीका सातै जना सचिवहरू प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार हुनुहुन्छ । 

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एक अर्कालाई सघाउने सहमति भएबमोजिम एमालेले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएको छ । 

पार्टीले डडेलधुरामा नेपाली काँग्रेस बिपी र चितवनमा नेपाली काँग्रेसका बागी उम्मेदवारलाई समर्थन गरेको थियो तर डडेलधुरामा भने एमालेले नेपाली काँग्रेस बिपीसँगको समर्थन फिर्ता गरेको छ । 

त्यस्तै नवलपरासीमा हृदयेश त्रिपाठीको उम्मेदवारीलाई एमालेले समर्थन गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का १४१ जना सूर्यध्वजावाहक उम्मेदवारहरू कायम रहेका छन् । 

पार्टीका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका प्रत्यक्ष र समानुपातिकतर्फका सूर्यध्वजावाहक उम्मेदवारको नामावली यसप्रकार छ ।  ​​​​​​​

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : १० बजे