रासस केन्द्रीय कार्यलयमा श्रमजीवि पत्रकारको धर्ना

काठमाडौँ – राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न माग गदै नेपाल पत्रकार महासंघ लगायत  पेशागत  संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघ र राससका अस्थायीर करारर ज्यालादारी पत्रकार संघर्ष समितिको सयुक्त आयोजनामा श्रमजीवि पत्रकार निष्कासन गर्न लागिएको विरुद्वमा राससमा कार्यलयमा धर्ना दिइएको हो।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले  छिट्टै नै बैठक बसेर आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने र निष्कर्षमा पुर्याउने बताउनु भयो । उहाँले उक्त आन्दोलनको अगुवाई महासंघले गर्ने समेत बताउनु भयो । महासचिव पुरीले महासंघको पूर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजिवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल ती २२ जना पत्रकारको नविकरण गर्न माग गर्नुभयो।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारिले महासंघको पूर्व अध्यक्ष व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग  नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताउनु भयो ।

महासंघका  केन्द्रीय सदस्य  अधिकारीले राससका श्रमजीवि पत्रकारको बिषयमा महासंघले अगुवाई गर्ने र समस्या समाधान नहुदासम्म निरन्तरता दिने भनाइ राख्नुभयो । उहाँले दिर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर  जानुको विकल्प नरहेको बताउनु भयो ।

समाजवादी प्रेस संगठन कार्यवहाक अध्यक्ष विश्वमणि सुवेदीले  राससका पत्रकारलाई व्यवस्थापन गरी न्याय दिनुपर्ने बताउनु भयो । उहाँले राससका श्रमजिवि पत्रकारको समस्या अहिलेको मात्र नभएकाले  विनियमावली संशोधन गरेर दिर्घकालिन समस्या समाधान गर्नुपर्ने बताए । उनले राजनितिक आस्थाका आधारमा श्रमजिवि पत्रकार हटाउन नमिल्ने बताउनु भयो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजिवि पत्रकारलाई निस्कासन गरे प्रेस चौतारिले शसक्त आन्दोलन गर्ने  बताउनुभयो । उहाँले ती २२ जना पत्रकारलाई हटाईएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रवन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिदै यसो नगर्न आग्रह गर्नुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजि श्रमजिवि पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न आग्रह गर्नुभयो ।

नेपाल प्रेस सेन्टरका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउन खोजीए आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताउनु भयो ।

श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराव राखेर व्यवस्थापन पक्षले श्रमजिवि पत्रकारलाई हटाउन खोजेको भन्दै कुनै पनि हालतमा हटाउन नदिने बताउनु भयो ।

संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति एक्यवद्वता जनाउदै समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

रासस संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुदाहुदै नियत राखेर २० बर्षदेखि कार्यरत रहेका श्रमजिविलाई हटाउन खोजेको भन्दै रोजगारि सुनुश्चितता नहुदासम्म आन्दोलन जारि रहने बताउनु भयो ।

प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटि ईन्चार्ज मोहन बास्तोलाले पत्रकार महासंघका पुर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजिवि पत्रकारलाई हटाउन खोज्नु लाजमर्दो विषय भएकोले तत्काल ती पत्रकारको रोजगारि सुनिश्चतता गर्न माग गर्नुभयो । दिउसो १ बजेबाट ३ बजेसम्म नेपाल पत्रकार महासंघ अगुवाई प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघ लगायत पत्रकारका पेशागत संगठनको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ५६ बजे