सुनको मूल्यमा नयाँ कीर्तिमान

पछिल्लो चौबिस घण्टामा थपिए १७ सय ८७ जना डेंगुका बिरामी, दुई जनाको मृत्यु 

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । 

हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । 

डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : ४६ बजे