मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

राष्ट्रिय खेलकुद खेलाडीहरुलाई अध्यक्ष ओलीको सन्देश-रंगशाला आउन नसके पनि तपाईहरुकाे खेल हेर्नेछु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरुलाई आफू पोखरा आउन नपाए पनि खेल हेर्ने भन्दै शुभकामना दिनुभएको छ ।

आजबाट औपचारिक रुपमा पोखरामा शुरु हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हेर्न रंगशाला आउन नपाएपछि खेलाडीहरुका खेल हेर्ने अध्यक्ष ओलीले शुभकामना दिनुहुँदै यस्तो बताउनुभएको हो ।

‘खेलाडी साथीहरु ! नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता सफलताको तपाईंहरु सबैलाई भब्य शुभकामना । पोखरा रंगशालामा आउन नपाए पनि तपाईंहरुको खेल म हेर्ने छु’,अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

उहाँले सहभागि खेलाडीहरुलाई शुभकामनासमेत दिनुभएको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : ०१ बजे