तत्कालीन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको सुनकोशी–मरिन डाइभर्सन स्थलमा सुरुङ खन्न सुरु  

सिन्धुली ।  सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भएपछि त्यसको निरीक्षणमा ऊर्जा मन्त्री पम्फा भुसाल सिन्धुली पुग्नुभएको छ । मन्त्री भुसालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उद्घाटन समेत गर्नुभएको छ  । 

सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरी सुरुङ आजबाट खन्न लागिएको हो । 

भेरी–बबई डाइभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो । मरिन खोलबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ । 

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका  करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाई सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन् । सुनकोशी नदीको पानी तराई मधेसका जिल्लामा सो पानी सिँचाई गरिनेछ  । 

सो आयोजनाको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ११ : ४६ बजे