सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।  

पाकिस्तान फुटबल सङ्घले बिहीबार राति सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालसँग मध्य नोभेम्बर बीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो । 

२०१८ मा बङ्गलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल खेल्न लागेको हो । 

पाकिस्तानी महिला टिमले भने गत भदौमा नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान पुरुष टोलीले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । 

नेपालले भने असोज ११ गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रङ्गशालामा अञ्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ९ : ५५ बजे