सुनको मूल्यमा नयाँ कीर्तिमान

३९ वर्षपछि पोखरामा राष्ट्रिय खेलकुद : छ हजारभन्दा बढी खेलाडी सहभागी हुने

पोखरा । राष्ट्रिय खेलकुद सुरु भएको ३९ वर्षपछि दोस्रो पटक पोखरामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना हुदैँछ  ।

२०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यस पटक नवौँ राष्ट्रिय खेलकुदको भव्य उद्घाटन हुदैँछ ।  

कोरोना महामारीका कारण ३ वर्षपछि हुन लागेको नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज उद्घाटन गर्दै हुनुहुन्छ । २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि हुन सकेको थिएन । 

देशैभरीका खेलाडी र प्रशिक्षक पोखरा आइपुगेका छन् भने उद्घाटनमा सातौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नुहुनेछ।

आजबाट औपचारिक रूपमा सुरु हुने खेलमा ६ हजार १ सय ५७ खेलाडीले भाग लिने छन् भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितामा भाग लिनेछन् । 

गण्डकीका मनाङ, मुस्ताङ र लमजुङ बाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन् भने ३६ वटा खेल मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : ४३ बजे