‘एउटै नाउरको सिकार गर्न २३ लाख’

भक्तपुरमा खाद्य पसल अनुगमन, २८ हजार रुपैयाँ बराबरको समान नष्ट 

​​​​​​​भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा खाद्य पसल अनुगमन गरियो ।

अनुगमनमा म्याद नाघेको समानहरू खुद्रा मूल्य २८ हजार रुपैयाँ बराबरको समान नष्ट गरेको संयोजक गोराले बताउनुभयो ।

अनुगमनमा फेमिली मिनी स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल सञ्चालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिङ सामानमा खाद्यको अनुज्ञा पत्र लिएर मात्र लेबल राखेर मात्र विक्री वितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न सम्बन्धितलाई निर्देशन दिइएको छ । अनुगमनमा परेका पसलहरूलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अनुगमन समितिका सदस्यहरू वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी भैरव रावट, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी हुनुहुन्थ्यो।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : ५२ बजे