‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइज लगातार विजयी

काठमाडौँ, ९ चैत  ।  शहीद स्मारक ‘सी’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ ।    
    
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबारको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह ’बी’ मा रहेको चर्च ब्वाइजले तीन खेलमा नौ अङ्क जोडेको छ ।

स्वयम्भूको यो दोस्रो हार हो । स्वयम्भूले तीन खेलमा तीन अङ्क मात्र जोडेको छ ।    
    
झापाको पहिलो जीत    
सातदोबाटोमै आइतबार सम्पन्न अर्को खेलमा झापा एफसीले पहिलो जीत निकालेको छ ।

झापाले समाज कल्याण खेलकूद केन्द्रलाई २–० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै झापाले तीन खेलमा तीन अङ्क जोडेको छ ।

झापाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो । यस्तै समाज कल्याणले तीन खेलमा ६ अङ्क जोडेको छ ।

आगामी चैत २४ गतेसम्म सञ्चालन हुने ‘सी’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।    

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : ३४ बजे