प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग रकम माग्ने पक्राउ

मोरङ ।  प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. २ बस्ने २९ वर्षीय रविन घिमिरे रहेका छन् । प्रहरीले उनलाई लाई सोमबार साँझ  पक्राउ गरेको हो ।  

सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी  थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ५२ बजे