सुनको मूल्यमा नयाँ कीर्तिमान

हालसम्म डेंगु बिरामीको संख्या ३३ हजार ९७५

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । 

२०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् । डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : १७ बजे