गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

काठमाडौं – ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।

सोमबार एक युवाले सुनसरी क्षेत्र-३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

काठमाडौं ७ बस्ने युवा विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी दिएका हुन्।

गच्छदारविरुद्ध उजुरी आएको जानकारी आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनु भयो । उहाँले उक्त उजुरी निर्वाचन क्षेत्रमा पठाउन निर्देशन दिएका छन्।

आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो।

त्यहीअनुसार ललिता निवास सरकारी जग्गा प्रकरणमा विशेष अदालतमा १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उजुरी परेको हो।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ४३ बजे