सुनको मूल्य तोलामा आठ सयले घट्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आठ सय रुपैयाँले घट्दै ९५ हजार दुई सय रुपैयाँमा झरेको हो । 

आज तेजाबी सुनको मूल्यसमेत तोलामा आठ सय रुपैयाँले घट्दै ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैयाँले घट्दै आज एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ११ : ३२ बजे