सुनको मूल्यमा नयाँ कीर्तिमान

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशीको आइसियुमा उपचार हुँदै

काठमाडौँ । स्वास्थ्यमा सुधार नभएपछि संस्कृतिविद् एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसियु कक्षमा सारिएको छ ।

१०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या छ । उहाँमा कमजोरी बढेपछि असोज ७ गते ललितपुरको किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उहाँलाई आइसियुमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ४३ बजे