मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

मेयरको टिकट खोसिएका हरिनारायणलाई एमालेले दियो प्रदेशसभाको टिकट 

बर्दिबास । नेकपा एमालेबाट मेयरको टिकट खोसिएका हरिनारायण महतोले प्रदेशसभाको टिकट पाउनुभएको छ ।

धनुषाको मिथिला नगरपालिकाका पूर्वमेयर समेत रहनुभएका महतोले एमालेबाट धनुषा—४(ख) को लागि टिकट पाउनुभएको हो ।  

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका हरिनारायणले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मिथिला नगरपालिकाको मेयरमा विजयी हुनुभएको थियो । मेयरका लागि उहाँले दोस्रो पटक दोहोरिन पार्टीमा आकांक्षा राख्नुभएको थियो ।

मनोनयन दर्ताको अन्तिम समयमा निकै रस्साकस्सीकाबीच महतोलाई एमालेले प्रदेशको  टिकट दिएको होे ।
 

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ३ : ३८ बजे