आयल निगम महिनाकै १ अर्ब ६० करोड नाफामा, गठबन्धन सरकारले घटाएन भाउ

काठमाडौं ।  नेपाल आयल निगम नाफामा गएको छ । अघिल्लो महिना केही नाफामा गएको निगमले यो महिना १ अर्ब ६० करोड रुपैयाँ नाफा कमाउने निगमका एक कर्मचारीले जानकारी दिए ।

कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि भाउ बढेको थियो ।

भाउ बढे पनि कम मूल्यमा बेच्नुपरेको भन्दै निगमले निरन्तर घाटाको हिसाबकिताब देखाइरहेको थियो । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा झरेपछि  निगमको मासिक नाफा १ अर्ब ६० करोड रुपैयाँ पुग्ने भएको हो ।

इन्डियन आयल कर्पोरेसनले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ । 

निगम नाफामा गए पनि गडबन्धन सरकारले भने तेलको भाउँ घटाउने सुरुसारसमेत गरेको छैन । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : ३४ बजे