मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

डडेल्धुरामा नेकपा एसले देउवालाई भोट नहाल्ने, बागी उम्मेदवारी दिने

कैलाली । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारी दिने तयारी गरेको छ ।

एक प्रतिनिधिसभा रहेको डडेल्धुरामा नेकपा एसले प्रदेशसभा २ मा माग गरे पनि भाग पाएन  । अघिल्लो पटक झिनो मतान्तरले कांग्रेस उम्मेदवार कर्ण मल्लसँग पराजित तत्कालीन एमाले जिल्ला अध्यक्ष डा. तारादत्त जोशीको लागि प्रदेशसभा दाबी गरिए पनि भाग नपाए पछि नेकपा एस रुष्ट बनेकाे हाे । अहिले उक्त क्षेत्र कांग्रेसको भागमा परेको छ । अर्को क्षेत्र माओवादी केन्द्रको भागमा परेको छ ।

आफ्नो सशक्त दाबी हुँदा पनि भाग नपरेपछि दुवै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको जिल्ला अध्यक्ष कवीन्द्र विष्टले बताए ।

‘जिल्लामा हामी अब गठबन्धनमा छैनौ’, उनले भने ‘दुवै प्रदेश सभामा स्वतन्त्र उम्मेदवार खडा हुनुहुन्छ ।’ प्रदेश २ मा तारा जोशीलाई नै उम्मेदवार बनाउने निर्णय भएको  विष्टले बताउछन्  ।

अर्को क्षेत्रमा अन्य केही नेताहरू पनि छलफलमा रहेको उनको भनाइ छ । प्रतिनिधिसभा तर्फ पनि स्वतन्त्र उम्मेदवार उठाउने नभए गठबन्धनको उम्मेदवारलाई मत नदिने उनले बताए । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ५ : १५ बजे