‘एउटै नाउरको सिकार गर्न २३ लाख’

अस्ट्रेलियामा डा. पोखरेलको एकल कविता वाचन  

…पोथा पल्टाइरहन्छु,
कलम समाइरहन्छु 
मान्छेलाई आफ्नै काँधमा बोकेर 
मान्छेको उचाइ नापिरहन्छु
आफैँलाई बालेर प्रकाश छरिरहन्छु 
तथापि केही काला मनहरु देखेर झोक्राइरहन्छु 
बात सहन्छु, लात सहन्छु, घात र प्रतिघात सहन्छु 
तर जनताको सेवामा हर्दम लागिरहन्छु । 
             
 प्रा.डा. बद्रीविशाल पोखरेलको एकल कविता वाचन यही असौज २१ गते  अस्ट्रेलियास्थित ब्रिसबेनको नन्दामा सम्पन्न भयो ।

नेपाल मन्थन मन्च,ब्रिसबेनको आयोजनामा सम्पन्न कार्यक्रममा डा. पोखरेलले गद्य,पद्य,मुक्तक सहित १० वटा कविता वाचन गरेका थिए ।

नेपाल मन्थन मन्च कलुन्जा शाखाका अध्यक्ष सुबोध पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा न्युजिल्यान्डका  आइटी विषयका प्रोफेसर मधुप खतिवडाले रोचक घोचक तथा रसिला मीठा कविता सुन्न पाएकामा कवि तथा आयोजकलाई धन्यवाद दिनुभयो ।

न्युजिल्याण्डकी इमिग्रेसन शाखाकी प्रमुख गंगा अधिकारी खतिवडाले स्वागत मन्तव्य प्रस्तुत गरिएको कार्यक्रममा प्यारी नातिनी,ऐना नहेर्ने गर,कागदूत,तिमी जाँदा,हिमाल, लगायत कविता डा. पोखरेलले वाचन गर्नु भयो ।  कार्यक्रममा ने.क.पा. एमाले प्रदेश नं.. १ की सल्लाहकार तथा लेखक मिथिला पोखरेलले महिलासम्बन्धी एक रचना सुनाउँदै कार्यक्रमको औचित्य बारे बोल्नु भएको थियो । विमल तथा प्रशंसा अधिकारीले आफ्नै निवासमा आयोजित कार्यक्रमको प्रायोजन गर्नु भएको थियो । 

वायुझैँ वेगले बढ्नू, सूर्यझैँ चम्किनू तिमी 
चन्द्रझैँ शीतका बिन्दु धर्तीमा छर्दिनू तिमी 
बुद्धझैँ शान्तिका दूत बन्नू तिमी सधैँभरि
जनसेवा गरी बाँच्नु जिन्दगीमा कसैगरी 
सीता भृकुटीझैँ बन्नू देशभक्त हुनू तिमी 
राष्ट्र स्वाधीनतालाई बचाउनु सदा  तिमी  
 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ४ : २९ बजे