‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जबरजस्ती करणी गरेको अभियोगमा वृद्ध पक्राउ

डोटी – २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ३ : २८ बजे