आन्तरिक हवाई उडानमा अत्यधिक चाप

काठमाडौं महानगरमा दशैंमा निशुल्क एम्बुलेन्स सेवा

काठमाडौं – महानगरपालिकाले दशैंमा निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन्

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  १० : ३७ बजे