सुनको मूल्यमा नयाँ कीर्तिमान

थप ६३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित १००४

काठमाडौं ।   थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट २५३५ नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ९४१ र एन्टिजेनबाट १५९४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३० र एन्टिजेनबाट ३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप १०३ जना कोरोनामुक्त भएका छन्। 

हाल सक्रिय कोरोना संक्रमितको संख्या १००४ पुगेको छ।  

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ४० बजे