‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आफ्नै घर फर्क

फर्क कमरेड फर्क

आफ्नै घरमा फर्क

दुर्जनको साथ छोडी 

भरसक छिट्टै फर्क 

 

सँगै हिडाैं मूलबाटोमा 

पन्छाई देशका घाती

पुग्नु पर्छ गन्तव्यमा 

आऊ न फर्की साथी  

 

गर्नु पर्छ लक्ष्य भेदन 

हिम्मत गर साथी

विकास गर्न मातृभूमि

कम्मर कस साथी 

 

दुष्मनको ऐँठनमुक्त

बन हरेक साथी 

फिरंगीका भतुवालाई 

लात्तो हान साथी   

 

आफ्नै घर फर्कन नि 

के को लाज साथी !

घरका सबै बेचैन छन् 

तिमी पराई भासी  

 

फूलका हार पैंनाएर 

स्वागत गर्छौँ आसी 

रातो टिका लगाएर  

अङ्गाल मार्छौँ साथी 

 

दकसमा अल्झिएर

अलप न हौ साथी 

शान्ति एवं समृद्धिको 

नायक बनौँ हामी  

 

पूर्वजको महानासो

देश छ हामी माथि 

राष्ट्र गीत घन्काउन

एकजुट बनौँ साथी 

 

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ३१ बजे