थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ४५ जना नयाँ संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६७८ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको हो । 

बितेको चौबिस घण्टामा १ हजार ३०७ जनाको पीसीआर र १ हजार ३७१ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । 

उक्त समयमा ७० जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ रहेको छ । 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : ५३ बजे