बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

काँग्रेसभित्रकै डेगींबाट काँग्रेसीहरु त्राहीमाम् छन् : गोकुल बासकोटा

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री निवास बालुवाटारमा रमिता चलिरहेको बताउनुभएकाे छ । 

उहाँले सामाजिक सञ्जालमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) का नेता र नागरिक समाजका अगुवाप्रति कटाक्ष गर्नुभएकाे छ । 

उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएकाे छ, ‘वालुवाटारमा रमिता छ । डेंगीको फैलावटले जनता हैरान छन् । सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिएपछि कांग्रेसभित्रकै डेंगीबाट त्राहीमाम छन् ।’ 

नेता बास्कोटाले नागरिक समाज समेत कुम्भकर्णको जस्तो निन्दामा रहको आरोप लगाउनुभएकाे छ । 

‘देश जोगाउन माझी खोज्न हिडेकाहरु कांग्रेसी आगनमा देउसी खेल्दै छन् । रामराज्य प्राप्तीपछि सुतेको नागरिक समाज कुम्भकर्णे निन्द्रामै छ,’ बास्कोटाले भन्नुभएकाे छ ।  

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १ : ४६ बजे