धनुषा । चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार १२ : ०८ बजे
प्रतिक्रिया