देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माओवादीले लुम्बिनी प्रदेशका दुई सदस्यलाई कारबाही गर्‍यो 

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका लुम्बीनी प्रदेशका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई  पार्टीबाट कारबाही गरेको  छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संसदीय दलको सिफारिसअनुसार दलबाट कारबाही गरिएको जानकारीसहितको पत्र प्रदेश सभालाई पठाएका हुन् ।

सदस्यलाई कारबाही भए उनीहरूको पद खारेज हुने व्यवस्था छ। पार्टी छोडेका उनीहरूलाई माओवादीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर त्यसको एक साता बितिसक्दा पनि जवाफ नआएपछि कारबाही गरिएको माओवादीले जनाएको छ। 

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  ८ : ०८ बजे