आन्तरिक हवाई उडानमा अत्यधिक चाप

उपत्यकामा एकैदिन ३१ सय ३८ जना सवारी चालकमाथि कारवाही

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् । 

यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : १८ बजे