‘एउटै नाउरको सिकार गर्न २३ लाख’

उपमेयर डंगोलको नेतृत्वमा बजार अनुगमन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चाडपर्वलक्षित बजार अनुगमन सुरू गरेको छ। 

महानगरले उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलबारदेखि बजार अनुगमन थालेको हो। महानगरले बजार अनुगमनको जिम्मा उपमेयरलाई दिएको  छ ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको हो। महानगरको टोलीले तीनवटा समूह परिचालन गरी बजार अनुगमन थालेको छ । संघ तथा प्रदेश कार्यालयहरु पनि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको हो। उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ।  

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ।

संघीय सरकारले यो वर्ष बजार अनुगमन नगर्न उपभोग्य सामानको मूल्य आकाशिएको छ। 

 

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  १२ : १२ बजे