आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कर्णालीमा सेवा प्रवाह मूल्यांकन : पहिलाे नम्बरमा जाजरकोट, अन्तिमा डोल्पा 

सुर्खेत ।  सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक ल्याएर पहिलो भएको हो ।

३१ वटा सूचकमाथि गरिएको अध्ययनबाट जाजरकोटको स्वास्थ्य सेवा कार्यालय कर्णालीकै पहिलो आएको छ । दोस्रोमा कालिकोट, तेस्रोमा सुर्खेत , चौथोमा सल्यान, पाँचाैँमा मुगु, छैटाैँमा दैलेख, सातौँमा रुकुम पश्चिम,आठौँमा जुम्ला, नवाैँमा हुम्ला र दशौँमा डोल्पा छ । 

सेवाप्रवाह, भौतिक प्रगति, वार्षिक प्रतिवेदन, बेरुजु फर्स्याैट, सहभागिता समन्वय, राष्ट्रिय योजना आयोगको अनुसूची २, नव प्रर्वद्धनात्मक कार्यहरू सूचकमा समेटिएका थिए ।

कार्यालय प्रमुखको प्रस्तुति, जिल्ला स्तरमा समीक्षा व्यवस्थापन, जिल्लाको समग्र प्रदेशमा प्रस्तुति  र भौगोलिक अवस्था आदिलाई आधार मानेर मुल्या‌ंकन गरिएको थियो । 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : २७ बजे