बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्व मन्त्री बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताउनुभएको छ । 

सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस पार्टीभित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया जनाउनुभएको हो । 

“समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो” नेता बास्कोटाले भन्नुभएको छ , “यसको मर्म समावेशिता हो । कमवेसी अपवाद, मुल रूपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।”

उहाँले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गर्नुभएको छ  । “समयमै पार्टीहरूले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैँसीका अघि बिरही भाकामा बिन नबजाऊ, मित्रजन !” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ११ : १२ बजे