आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

काठमाडौँ । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा  आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय लक्ष्मण साह हलुवाई रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । 

पैदल हिँडिरहेका उनलाई आइतबार साँझ सवा ५ बजे प्रदेश २–०२–००१ प ७५७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : ५० बजे