बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली  रहेको छ।  प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक÷दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

बिहान मुलुकभर बदली भई केही क्षेत्रमा वर्षा भइरहेको छ भने दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले  उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिमका साथै  सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। 

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने  र  दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

राति प्रदेश १ र मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।  

मङ्गलवार प्रदेश १, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा वर्षाको आङ्कलन गरिएको छ ।

बुधवार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ३४ बजे