आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

​​​​​​​काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ ।  

राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको बैठक एवम् मन्त्रिपरिषदको भदौ २७ गतेको सिफारिस तथा प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रका आधारमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम निर्वाचनका दिन राष्ट्रपति भण्डारीले सेना परिचालनको स्वीकृति प्रदान गर्र्नुभएको  राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ४४ बजे