आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु 

कैलाली । कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा शनिवार बेलुका मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो । 

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ११ : २४ बजे