बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा 

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेकाले राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । 

हेटौँडाको पदम पोखरीमा शनिवार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्ने बताउनुभएको हो । 

उहाँले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई समेत आग्रह गर्नुभयो । 

मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनावी मैदानमा आउन  चाहेको भन्दै आफूलाई अब जनताको सेवाबाहेक अरू कुनै चाह नरहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने समेत उहाँले टिप्पणी गर्नुभयो ।

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : २१ बजे