‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

महोत्तरीमा घाँस काट्न गएकी महिला मृत फेला

महोत्तरी । महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् ।  

वडा नम्बर १ सानो धिरापुर निवासी मोहम्मद असरारुल अन्सारी कि अन्दाजी ४० वर्षिया श्रीमती अमिना खातुन मृत अवस्थामा फेला परेकी हुन । 

अमिना शुक्रवार  घाँस  काट्न जङ्गल गएकी थिइन । मृतक महिलाको शव घरबाट झन्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बासघारीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरीर भरि चोट र रक्ताम्मे देखिएको हुँदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले प्रहरीलाई यथाशक्य छानबिनको लागि अनुरोध गरेको नगरप्रमुख हरि प्रसाद मण्डलको भनाइ छ ।

घटनाको विषयमा गम्भीर ढङ्गले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएको हुनाले पोस्टमार्टमको लागि बिहान मात्र पठाइने महोत्तरीका एसपी कृष्ण पङ्गेनीले बताउनुभयो ।

मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ८ : ४७ बजे